न्यौपाने र रानालाई युवा पत्रकारिता पुरस्कार
तनहुँ | भदौ १४, २०७९
तनहुँ : तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार यसवर्ष कृष्ण न्यौपाने र प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि न्यौपाने र कान्तिपुर टेलिभिजनका प्रतिनिधि राना मगरलाई ‘युवा पत्रकारिता पुरस्कार, २०७९’ बाट पुरस्कृत गर्न लागिएको हो ।
उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ बुधबार आयोजित कार्यक्रममा प्रदान गरिने तनहुँ समाज हङकङका तनहुँ संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । पत्रकारद्वय न्यौपाने र रानाले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ । पुरस्कृत हुन लाग्नुभएका न्यौपाने नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान सहसचिव र राना हालका सचिव हुनुहुन्छ ।
समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसक्नुभएको छ ।
समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय नहुँवासी आबद्ध छन् । समाजले हङकङमा विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

